एमाले सचिवालय बैठक: दलको नेता चयन र आन्दोलनका कार्यक्रमबारे छलफल

छानबिन न्यूज
पाठक संख्या 46
1 Min Read
Oplus_16908288

१७ चैत,काठमाण्डाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेपछि विकसित राजनीतिक घटनाक्रमका बीच पार्टी कार्यालय च्यासलमा आज एमाले सचिवालयको दोस्रो बैठक बसिरहेको छ ।

गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बसेको बैठकले विरोधका कार्यक्रमहरू तय गरिसकेको पृष्ठभूमिमा आजको बैठकमा पार्टीका आगामी रणनीति र संसदीय दलको नेता चयनका विषयमा घनीभूत छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्

। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक यही १९ चैत दिउँसो २ बजेका लागि आह्वान गरिएकाले पनि एमाले यतिबेला आन्तरिक तयारी र दलको नेता छनोटमा केन्द्रित भएको हो ।

प्रतिक्रिया
शेयर