शासकीय सुधारको निर्णयसँगै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन खारेज

छानबिन न्यूज
पाठक संख्या 108
1 Min Read
Oplus_16908288

१५ चैत,बारा । सरकारको पछिल्लो निर्णयलाई आत्मसाथ गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन समिति आधिकारिक रूपमा खारेज भई चैत १५ गतेदेखि भङ्ग भएको छ।

मन्त्रिपरिषद्को गत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता कायम गर्ने बुँदा नं. १२ को व्यवस्थालाई स्वागत गर्दै युनियन खारेज गरिएको समितिका अध्यक्ष राजु ओलियाले जानकारी दिएका हुन्।

युनियनले एक सूचना जारी गर्दै सरकारको सुधार प्रक्रियालाई सहयोग पुर्‍याउन कार्यालयमा गठित समिति भङ्ग गरिएको व्यहोरा सम्बन्धित सबैलाई गराएको छ।

प्रतिक्रिया
शेयर