ओलीको पक्राउ विरूद्व एमालेद्वारा देशभर आज ज्ञापन पत्र बुझाउने तयारी

छानबिन न्यूज
पाठक संख्या 94
1 Min Read
Oplus_16908288

१५ चैत,काठमाण्डाैं । ​गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आज देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ ।

हिजो निवासबाटै पक्राउ परेका ओलीको रिहाइको माग गर्दै एमाले सचिवालय बैठकले आन्दोलनका कार्यक्रम तय गरेअनुरूप, काठमाडौंको माइतीघर मण्डलमा भेला भई नारा जुलुससहित प्रशासन कार्यालय जाने तयारी गरिएको प्रचार विभाग संयोजक मीन बहादुर शाहीले जानकारी दिएका छन ।

यसै क्रममा प्रेस चाैतारी नेपालले आज बिहान १०:३० बजे पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा कानुनविद्सँग अन्तरसंवाद गर्ने कार्यक्रम समेत राखेको छ भने हिजोदेखि नै भ्रातृ संगठनहरूले सडक प्रदर्शनलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया
शेयर