१४ चैत,काठमाण्डाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेपछि त्यसको विरोधमा उत्रिएका पार्टीका २३ जनसंगठनहरूको प्रदर्शनका कारण काठमाडौंको माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ।
आफ्ना अध्यक्षको पक्राउको विरोधमा एकीकृत रूपमा प्रदर्शनमा होमिएका कार्यकर्ताहरूले निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले धरपकड सुरु गरेको छ, जसका कारण अहिले सो क्षेत्रमा सुरक्षा अवस्था निकै संवेदनशील र तनावपूर्ण रहेको छ।
प्रतिक्रिया
