बालेन शाह नेतृत्वको सरकारद्वारा जेन-जी घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

छानबिन न्यूज
पाठक संख्या 96
1 Min Read
Oplus_16908288

१३ चैत,काठमाण्डाैं । काठमाडौंमा बालेन शाह नेतृत्वको नवनिर्वाचित सरकारको पहिलो क्याबिनेट बैठकले जेन-जी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने महत्वपूर्ण निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, कार्की आयोगको प्रतिवेदनले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायत अन्य जिम्मेवार व्यक्तिहरूमाथि आवश्यक कारबाही अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिने निर्णय भएको हो।

प्रतिवेदनका अन्य सुझावहरू कार्यान्वयन गर्ने क्रममा सुरक्षा निकायहरूको भूमिका र संलग्नताको विषयमा भने थप स्पष्टताका लागि एउटा छुट्टै अध्ययन समिति गठन गर्ने निर्णय सरकारले गरेको छ।

प्रतिक्रिया
शेयर