१३ चैत,काठमाण्डाैं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त दलको नेताको हैसियतमा शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।
नेपालको संविधान २०७२ जारी भएपछि कुनै पनि दलले सोझै यस धारा अन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो ऐतिहासिक अवसर हो, जसले नेपाली राजनीतिमा नयाँ उत्साह थपेको छ।
प्रतिक्रिया
