नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण आज २ बजे हुँदै

छानबिन न्यूज
पाठक संख्या 98
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१२ चैत,काठमाण्डाैं ।  सिंहदरबारको नवनिर्मित बहुउद्देश्यीय हलमा आज अपराह्न २:०० बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आयोजना गरिँदैछ, जसका लागि संघीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट हिजो शपथ लिनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ भने यसपटक ४७ जना सदस्यहरूले मातृभाषामा शपथ लिने तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषा रोजेका छन्।

निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र र पहिचान खुल्ने कागजातसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै औपचारिक वा सांस्कृतिक पोसाकमा उपस्थित हुन सचिवालयले आग्रह गरेको छ।

फागुन २१ को निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरी संसद्मा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेका छन्।

प्रतिक्रिया
शेयर