११ चैत,काठमाण्डाैं । मध्यपूर्वको तनाव कम गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई इरानसँग वार्ता गर्ने विशेष जिम्मेवारी सुम्पिएका छन्।
पछिल्लो समय होर्मुज जलडमरुमध्य खोल्ने विषयमा दुई देशबीच विवाद चुलिए तापनि राष्ट्रपति ट्रम्पले कूटनीतिक माध्यमबाटै दिगो सम्झौता हुनेमा ठुलो आशा व्यक्त गरेका छन ।
इरानले पनि युद्ध अन्त्यका लागि अमेरिकाका तर्फबाट आउने सकारात्मक र दिगो प्रस्तावहरू सुन्न आफू इच्छुक रहेको संकेत दिएको छ।
यसरी एकातिर युद्धको चेतावनी र अर्कोतिर उच्चस्तरीय प्रतिनिधिमार्फत संवादको थालनी गरेर अमेरिकाले वर्तमान संकटको समाधान खोजिरहेको देखिन्छ।
प्रतिक्रिया
