होर्मुज जलडमरुमध्यमा तनाव: गुजराततर्फ आउँदै गरेको जहाजमा आक्रमण, ऊर्जा सुरक्षामा जोखिम

छानबिन न्यूज
पाठक संख्या 82
1 Min Read

२८ फागुन,काठमाण्डाैं । विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएको शृंखलाबद्ध आक्रमणको प्रमुख निशाना भारतको गुजराततर्फ आउँदै गरेको थाइल्याण्डको ‘मयूरी नारी’ नामक जहाज बनेको छ।

यूएईको आबुधाबीबाट प्रस्थान गरेको केही घण्टामै ओमानको समुद्री तट नजिक अज्ञात ‘प्रोजेक्टाइल’ प्रहार भएपछि जहाजमा भीषण आगलागी भई सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ। मध्यपूर्वमा अमेरिका र इजरायलले इरानमाथि गरेको हमलाको बदलामा इरानले तेल आपूर्तिको बाटो बन्द गर्ने चेतावनी दिएसँगै यस क्षेत्रमा आक्रमण तीव्र बनेको हो, जसले गर्दा पछिल्लो ७२ घण्टामा केवल दुईवटा ट्यांकर मात्र यो बाटो भएर पार हुन सकेका छन्।

भारतले आफ्नो ठुलो हिस्सा कच्चा तेल र ग्यास साउदी अरब, इराक र यूएई जस्ता मुलुकबाट यही साँघुरो (जम्मा ११ किलोमिटर मार्ग) बाटो हुँदै आयात गर्ने भएकाले यो घटनाले भारतको ऊर्जा सुरक्षा र व्यापारमा गम्भीर चिन्ता थपेको छ।

अब जहाजहरू अफ्रिकाको बाटो घुमेर आउनुपर्दा यात्रा समय दुई हप्ता थपिने र ढुवानी एवं बीमा शुल्क बढ्ने निश्चित छ, जसको सिधा असर बजार मूल्यमा पर्नेछ। विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघिसकेको अवस्थामा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले ४० करोड ब्यारल तेल आपतकालीन भण्डारबाट निकाल्ने निर्णय गरे पनि भारतमा इन्धनको मूल्यमा भारी वृद्धि हुने संकेत देखिएको छ

प्रतिक्रिया
शेयर