पराजयपछि कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

छानबिन न्यूज
पाठक संख्या 76
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

५ चैत,काठमाण्डाैं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही-४ बाट पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्।

यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहसँग पराजित भएका हुन्।

निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव र दबाब दिए तापनि उनले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा बुझाएका छन्।

रास्वपाले झन्डै दुई तिहाइ सिटसहित ऐतिहासिक जित निकाल्दा दोस्रो भएको कांग्रेस प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कुल ३८ सिटमा खुम्चिएको छ। थापाको राजीनामाबारे आगामी शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले आवश्यक निर्णय लिने बताइएको छ।

प्रतिक्रिया
शेयर