पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि

छानबिन न्यूज
पाठक संख्या 147
1 Min Read

२९ फागुन,काठमाण्डाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ, जहाँ अध्यक्ष ओली स्वयंले पितालाई मुखाग्नि दिएका छन ।

भक्तपुरको गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आउनुभएका मोहनप्रसादको स्वास्थ्यमा गएराति समस्या देखिएपछि नेपाल–कोरिया मैत्री अस्पताल भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भएको हो।

झापास्थित आफ्नै घरमा आउजाउ गरिरहने उहाँ गत भदौमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा घरमा आगजनी भएयता भक्तपुरमै बस्दै आएका थिए ।

उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता तथा आफन्तजनहरूको ठूलो उपस्थिति रहेको थियो

प्रतिक्रिया
शेयर