अर्बपति विनोद चौधरीलाई स्तब्ध पार्दै नवलपरासी-१ मा रास्वपाका विक्रम खनाल विजयी

छानबिन न्यूज
पाठक संख्या 136
1 Min Read

२४ फागुन,नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ को निर्वाचन परिणामले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनालले बहालवाला सांसद एवं डलर अर्बपति विनोद चौधरीलाई झन्डै ३५ हजारको फराकिलो मतान्तरले पराजित गरेका छन्।

खनालले ४५,२४१ मत प्राप्त गरी सानदार जित दर्ता गर्दा नेपाली कांग्रेसका प्रभावशाली नेता चौधरी मात्र ९,५०२ मतमा खुम्चिन पुगे।

विश्वप्रसिद्ध ‘फोर्ब्स’ सूचीमा सूचीकृत नेपालका एकमात्र डलर अर्बपति (नेटवर्थ करिब १.८ अर्ब डलर) तथा चौधरी ग्रुपका अध्यक्ष चौधरीको यो हारलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

निर्वाचनमा नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७,९५६, जसपाका हृदयेश त्रिपाठीले ७,८३२ र राप्रपाका नवनित कुमार मिश्रले १,५९३ मत प्राप्त गरे। ठूलो व्यापारिक साम्राज्य र अन्तर्राष्ट्रिय छवि भएका चौधरीलाई एक युवा उम्मेदवारले यति ठूलो मतान्तरले उछिन्नुले क्षेत्र नम्बर १ मा वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षण र स्थापित अनुहारप्रतिको वितृष्णालाई स्पष्ट पारेको छ।

प्रतिक्रिया
शेयर