काठमाडौं क्षेत्र नं. १ मा रञ्जु दर्शनाको सानदार जित: रास्वपाले खोल्यो काठमाडौंबाट खाता

छानबिन न्यूज
पाठक संख्या 130
1 Min Read

२२ फागुन,काठमाण्डाैं । वैकल्पिक राजनीतिको वकालत गर्दै १७ वर्षकै उमेरदेखि ‘नेपाल बन्द’ विरुद्धको अभियान र सामाजिक सेवामा सक्रिय रहेकी रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं क्षेत्र नं. १ मा ऐतिहासिक जित हासिल गर्दै प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गरेकी छन्।

बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी दर्शनाले ९ वर्षअघि २१ वर्षकै उमेरमा काठमाडौंको मेयरमा भिडेको अनुभवलाई यसपटक संसदको यात्रामा बदल्न सफल भएकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरे भने राप्रपाका रवीन्द्र मिश्र ३ हजार ९७२ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्।

२२ वर्षको उमेरमै मेयरको उम्मेदवार बनेर चर्चामा आएकी र डा. गोविन्द केसीको भ्रष्टाचार विरोधी अभियानमा समेत साथ दिएकी दर्शनाको यो जितसँगै काठमाडौंमा रास्वपाले आफ्नो विजयको खाता खोलेको छ।

प्रतिक्रिया
शेयर