सिरहा निर्वाचन अपडेट: क्षेत्र नम्बर ४ मा रास्वपाका यादवको सुरुवाती अग्रता

छानबिन न्यूज
पाठक संख्या 111
1 Min Read

ईर्साद अन्सारी

२२ फागुन,बारा ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा क्षेत्र नम्बर ४ मा भएको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ।

निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार बिहान १०:१५ बजेसम्म ८४४ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादव ५४७ मतसहित अगाडि हुनुहुन्छ भने उहाँलाई जनमत पार्टीका वीरेन्द्रप्रसाद महतोले ८८ र नेकपा (एमाले) का धर्मनाथप्रसाद साहले ६५ मतका साथ पछ्याइरहनुभएको छ।

यसैबीच, जिल्लाका अन्य क्षेत्रहरू सिरहा १, २ र ३ मा पनि मतगणना कार्य सुरु भइसकेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया
शेयर