निर्वाचन: लोकतन्त्रको महाकुम्भमा मतदान गर्न आयुक्तको आह्वान

छानबिन न्यूज
पाठक संख्या 84
1 Min Read

२१ फागुन,काठमाण्डाैं ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताउँदै आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरेका छन्।

निर्वाचनका सन्दर्भमा एक अपिल जारी गर्दै उनले हरेक मतदाताले खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप, शासन, सरकार र नेतृत्वको दिशा तय गर्ने भएकाले यसलाई नागरिकको नैसर्गिक अधिकार र कर्तव्यका रूपमा लिन आग्रह गरे।

गत भदौमा भएको राजनीतिक विकासक्रमपछिको यो आकस्मिक निर्वाचनले संविधान र सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गराउन आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिए।

निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई सफल पार्न राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र सञ्चार माध्यमको सहयोगको अपेक्षा गर्दै भण्डारीले मतदाताको सक्रिय सहभागिताले मात्र शासनप्रतिको नागरिक अपनत्व बढ्ने र प्रतिनिधिमूलक शासन व्यवस्थाले वैधता पाउने उल्लेख गरेका छन्।

प्रतिक्रिया
शेयर