२१ फागुन,बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–७, प्रेमनगरस्थित रानी मावि मतदान केन्द्रमा वडाध्यक्षले वारेसका नामबाट मतदान गर्न खोजेपछि उत्पन्न विवाद सुल्झिएर दिउँसो १२:३९ बजेदेखि मतदान पुनः सुरु भएको छ।
सोही वडाका स्वतन्त्र उम्मेदवार बनेर जितेका वडाध्यक्ष रामसोभारत यादवले वारेसनामा मार्फत मतदान गर्न खोजेपछि विवाद चर्किएको थियो।
विवादकै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरूको आक्रमणबाट वडाध्यक्ष यादवको नाकमा चोट लागेको प्रहरीले जनाएको छ। सोही घटनाका कारण केही समयका लागि रोकिएको मतदान प्रक्रिया सर्वपक्षीय छलफलपछि पुनः सुचारु भएको हो।
प्रतिक्रिया
