पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी शंकास्पद वस्तुसहित पक्राउ

छानबिन न्यूज
पाठक संख्या 88
1 Min Read

२० फागुन,बारा ।  नियमित सुरक्षा जाँचका क्रममा नेकपा पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतका अनुसार बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई पक्राउ गरिएको हो।

सो गाडीमा केही शंकास्पद वस्तु समेत फेला परेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको र छिट्टै पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर