मौन अवधिमा नगदसहित जसपा उम्मेदवार यादव पक्राउ

छानबिन न्यूज
पाठक संख्या 402
1 Min Read

ईर्साद अन्सारी

२० फागुन,बारा ।  प्रतिनिधिसभा निर्वाचनको सुरक्षा संवेदनशीलता र आचारसंहिता पालनामा कडाइ गरिएकै बेला सिरहा निर्वाचन क्षेत्र नं. ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव स्रोत नखुलेको ठुलो परिमाणको नगदसहित सुरक्षा नियन्त्रणमा परेका छन्।

मौन अवधि चलिरहेका बेला नेपाल–भारत सीमावर्ती माडर क्षेत्रबाट सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई प्रहरीले गएराति साढे १२ बजे शिवचोकमा खानतलासी गर्दा ४ लाख ८७ हजार रुपैयाँ नगद र केही थान मतपत्र बरामद भएको हो।

नगदसहित उम्मेदवार यादव र अन्य चार जनालाई तत्कालै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक कानुनी प्रक्रियाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया
शेयर