सर्लाहीमा खटिएका मतदान अधिकृत महतोको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 182
1 Min Read
Oplus_16908288

​१९ फागुन,सर्लाही ।  सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतोको मंगलबार निधन भएको छ।

रौतहटको माधव नारायण नगरपालिका–६ घर भएका ४२ वर्षीय महतो, जो पेशाले सिनियर अहेब समेत थिए, मतदान केन्द्रमा खटिएकै अवस्थामा मंगलबार बिहान अचानक बेहोस भएका थिए।

बेहोस भएलगत्तै उपचारका लागि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा उपचारकै क्रममा चिकित्सकहरूले दिउँसो साढे २ बजेतिर मृत घोषणा गरेका हुन्।

प्रतिक्रिया
शेयर