११ फागुन,पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै आज फागुन ११ गते बिहान ९:४५ बजेदेखि लागू हुने गरी वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको चार किल्लाभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा हिँडडुल गर्न पूर्ण रोक लगाइएको छ।
यद्यपि, सुरक्षा संवेदनशीलताका बीच पनि अत्यावश्यक सेवाका सवारी साधन, सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी एवं कर्मचारी, पर्यटक, कूटनीतिक नियोगका गाडी र हवाई टिकट भएका यात्रुहरूलाई भने परिचयपत्र वा आवश्यक कागजातका आधारमा आवागमनमा सहजीकरण गरिने प्रशासनले जनाएको छ। हिजाे साझ बिरगञ्जकाे मुर्लीमा माेटरसाईकल पारकिङकाे बिषयलाई दिएर दुई समुदाय बिच झडप भएकाे थियाे । पछि प्रहरिले लाठ चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएकाे थियाे । 
