काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदै

छानबिन न्यूज
पाठक संख्या 133
1 Min Read

ईर्साद अन्सारी

१८ फागुन,बारा ।  रंगहरूको पर्व फागु अर्थात् होली आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ भने यसको भोलिपल्ट तराई तथा भित्री मधेशमा यो पर्व मनाइने गरिन्छ।

असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने यो पर्वलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने अवसरका रूपमा लिइन्छ, जहाँ सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्त एवं साथीसङ्गीहरूले एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ।

विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने यो पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ।

यसै अवसरमा सरकारले पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा समेत दिएको छ भने राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका शीर्ष नेताहरूले मर्यादित ढंगले होली मनाउन शुभकामना सन्देश व्यक्त गरेका छन्।

यता प्रहरी प्रशासनले पनि होलीको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न र जथाभाबी रङ नदल्न सचेत गराउँदै नियम उल्लंघन गरे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया
शेयर