वीरगञ्जमा निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न

छानबिन न्यूज
पाठक संख्या 188
1 Min Read

१३ फागुन,पर्सा । नेपाल पत्रकार महासंघको आयोजनामा पर्साको वीरगञ्जमा ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ।

महासंघका केन्द्रीय उपाध्यक्ष नितु पंडितको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पत्रकारहरूले समाचार लेख्दा पूर्ण रूपमा निष्पक्ष हुनुपर्ने र समाजमा सद्भाव बिगार्ने खालका सामग्री सम्प्रेषण गर्न नहुनेमा जोड दिनुभयो।

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मधुसुदन आचार्य, महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, केन्द्रीय सदस्यहरू राजु विश्वकर्मा र सिकेन्द्र पासवान, मधेस प्रदेशका पदाधिकारीहरू तथा महासंघका आठवटै जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको थियो।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनालले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन मधेस प्रदेश अध्यक्ष श्याम बन्जाराले गर्नुभएको थियो, जहाँ निर्वाचनका समयमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता र जिम्मेवार रिपोर्टिङका विविध पक्षमा छलफल गरिएको छ।

प्रतिक्रिया
शेयर