फागुन २० देखि २२ गतेसम्म सरकारलाई बिदा दिन निर्वाचन आयोगको आग्रह

छानबिन न्यूज
पाठक संख्या 140
0 Min Read

१० फागुन,काठमाण्डाैं ।  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने चुनावमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न फागुन २०, २१ र २२ गते गरी तीन दिन देशभर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आइतबार सरकारलाई पत्र लेख्दै मतदानको वातावरण सहज बनाउन सो अवधिको बिदाका लागि आग्रह गरिएको हो।

निर्वाचन आयोगको यो सिफारिसउपर अब बस्ने मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गर्नेछ।

प्रतिक्रिया
शेयर