कांग्रेसको ध्यान मधेसमा: जनकपुरमा प्रतिज्ञा पत्र र सानेपामा पत्रकार सम्मेलन

छानबिन न्यूज
पाठक संख्या 40
1 Min Read
Oplus_16908288

६ फागुन,जनकपुरधाम ।  नेपाली कांग्रेसले आज जनकपुरधाममा आयोजना हुने ‘प्रतिज्ञा सभा’ मार्फत पार्टीको ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्दैछ।

मधेश प्रदेश समितिको आयोजनामा हुन लागेको यस विशेष कार्यक्रमलाई सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवका अनुसार, मधेशका सबै निर्वाचन क्षेत्रबाट करिब १ लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको यस सभाले प्रजातन्त्र, समावेशिता र सङ्घीयताको पक्षमा बलियो सन्देश दिनेछ।

मधेशको पहिचान, अधिकार र सशक्तीकरणलाई मूल एजेन्डा बनाएको कांग्रेसका सभापति थापा स्वयं सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेर मधेशसँग प्रत्यक्ष जोडिनुभएको विषयलाई पार्टीले राष्ट्रिय राजनीति सुदृढ बनाउने कडीका रूपमा व्याख्या गरेको छ।

जनकपुरको कार्यक्रमसँगै काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ बजे प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्रका बारेमा थप जानकारी दिने तयारी समेत गरिएको छ।

प्रतिक्रिया
शेयर