​टी-२० विश्वकप: आज अफगानिस्तान र यूएईसहित तीन रोचक भिडन्त हुँदै

छानबिन न्यूज
पाठक संख्या 31
1 Min Read
Oplus_16908288

४ फागुन,काठमाण्डाैं ।  आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज सोमबार तीन महत्त्वपूर्ण खेलहरू हुँदैछन्, जसमा पहिलो खेलमा समूह ‘डी’ का अफगानिस्तान र यूएई भारतको दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा बिहान ११:१५ बजे भिड्दैछन् जहाँ जितविहीन अफगानिस्तान पहिलो जितको खोजीमा छ भने दुई अंक जोडेको यूएई आफ्नो स्थिति सुधार्न चाहन्छ।

दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत इंग्ल्यान्ड र इटालीबीच दिउँसो ३:१५ बजे कोलकाताको इडेन गार्डेन्समा प्रतिस्पर्धा हुनेछ, जहाँ चार अंकसहित बलियो अवस्थामा रहेको इंग्ल्यान्ड जित निकाल्दै सुपर आठमा स्थान सुरक्षित गर्न मैदान उत्रनेछ भने पहिलो पटक विश्वकप खेलिरहेको इटाली दोस्रो जितको लक्ष्यमा रहनेछ।

त्यस्तै, आजै साँझ ७:१५ बजे श्रीलंकाको पाल्लेकेले रङ्गशालामा हुने तेस्रो खेलमा आयोजक श्रीलंका र अस्ट्रेलिया आमने-सामने हुँदैछन्, जसमा शीर्ष स्थानमा रहेको श्रीलंका तेस्रो जित दर्ता गर्ने दाउमा छ भने एक खेल जितेको अस्ट्रेलिया आफ्नो दोस्रो जितका लागि घरेलु टोलीलाई चुनौती दिने तयारीमा छ।

प्रतिक्रिया
शेयर