निषेधाज्ञा चिर्दै काठमाडौंमा राजावादीको शक्ति प्रदर्शन

छानबिन न्यूज
पाठक संख्या 32
1 Min Read
Oplus_16908288

१ फागुन,काठमाण्डाैं ।  झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म राजावादीहरुले भव्य शक्ति प्रदर्शन गरेका छन्।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई समेत अवज्ञा गर्दै राप्रपा र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान लगायतको आह्वानमा भेला भएका समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाउँदै बाजागाजा र झाँकीसहित पूर्वराजालाई निवाससम्म पुर्‍याएका थिए।

गत वर्षको अनपेक्षित सहभागिताबाट उत्साहित समूहले यस वर्ष पनि विमानस्थल क्षेत्रमा कडा सुरक्षा व्यवस्थाका बीच ठूलो संख्यामा उपस्थित भई आफ्नो शक्ति देखाएका हुन्।

प्रतिक्रिया
शेयर