२५ माघ,काठमाण्डमैं । टी–२० विश्वकप क्रिकेटअन्तर्गत मुम्बईमा जारी रोमाञ्चक खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सन्तुलित र आक्रामक ब्याटिङ प्रदर्शन गरिरहेको छ ।
खेलको १४औँ ओभर सकिँदा नेपालले मात्र २ विकेटको क्षतिमा १२३ रन जोड्दै खेलमा आफ्नो बलियो पकड बनाएको छ ।
क्रिजमा कप्तान रोहित पौडेल र विष्फोटक ब्याटर दीपेन्द्र सिंह एरीले सानदार प्रदर्शन गर्दै ५० रनको महत्वपूर्ण साझेदारी पूरा गरेका छन्, जसमा रोहित ३८ रन र दीपेन्द्र ४४ रन बनाएर खेलिरहेका छन् ।
सुरुआती दुई विकेट गुमाए पनि मध्यक्रमका यी दुई अनुभवी ब्याटरले सम्हालिएको इनिङ्स खेल्दै नेपाललाई जिततर्फ अग्रसर गराएपछि नेपाली प्रशंसकहरूमा उत्साह थपिएको छ ।
प्रतिक्रिया
