२५ माघ,काठमाण्डमैं । टी-२० विश्वकप क्रिकेटको आफ्नो पहिलो रोमाञ्चक खेलमा नेपाल विश्वविजेता टोली इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
इंग्ल्यान्डले दिएको १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन जोडेर विश्व क्रिकेट जगतलाई चकित बनायो ।
अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहेको अवस्थामा इंग्ल्यान्डका बलर साम करनले कसिलो बलिङ गर्दै केवल ५ रन मात्र दिएपछि नेपाल जितको नजिक पुगेर पनि सफल हुन सकेन ।
नेपालका लागि लोकेश बमले मात्र २० बलमा ३९ रनको विस्फोटक अविजित इनिङ खेल्दै खेललाई अन्तिमसम्म रोमाञ्चक मोडमा पुर्याएका थिए भने अन्य ब्याटरहरूको साहसी प्रदर्शनले पनि नेपाली क्रिकेटको बढ्दो स्तरलाई विश्व मञ्चमा प्रमाणित गरेको छ ।
प्रतिक्रिया
