२३ माघ,बिराटनगर । मोरङको विराटचोकमा शुक्रबार आयोजित नेपाल–भारत सीमा सुरक्षा (सशस्त्र प्रहरी बल र एसएसबी) बीचको डीआईजी तहको समन्वय बैठकमा सहभागी भइरहेका बेला अचानक बेहोस भएर ढलेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ ।
बैठक चलिरहेकै अवस्थामा ढलेपछि उनलाई तत्काल विराट मेडिकल कलेज पुर्याइएको थियो, जहाँ उपचारकै क्रममा राति ८ बजेर ५२ मिनेटमा उनको मृत्यु भएको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकलीका डीआईजी कुमार न्यौपानेले पुष्टि गर्नुभएको छ ।
उच्च रक्तचापको समस्या देखिएका घिमिरे बैठकमा ढल्दा उनको जिब्रो समेत काटिएको र स्वास्थ्य अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि अन्ततः चिकित्सकहरूले उनलाई मृत घोषित गरेका हुन् ।
प्रतिक्रिया
