बाराको दुधौरा पुल नजिक ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु, एक घाइते

छानबिन न्यूज
पाठक संख्या 252
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

११ माघ,बारा । बाराको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा पुल नजिक शुक्रबार बिहान करिब ७ बजे वीरगञ्जबाट कलैयातर्फ आउदै गरेको म.प्र.०३–००२ ख ४१०२ नम्बरको ट्रकले विपरीत दिशाबाटजादै गरेको म.प्र.०३–०२७ प ७८२९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटी चालक कलैया उपमहानगरपालिका–३ का २० वर्षीय आयुष गुप्ताको उपचारका क्रममा एल.एस. न्युरो अस्पतालमा मृत्यु भएको हो भने स्कुटीको पछाडि सवार वीरगञ्जका ३० वर्षीय मौसम कुमार साह घाइते भई सोही अस्पतालमा उपचाररत छन्।

दुर्घटनापछि फरार रहेको ट्रक र त्यसका चालक रौतहट निवासी २४ वर्षीय दिपेश चौधरीलाई प्रहरीले कलैयाको हनुमान चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया
शेयर