२ माघ,काठमाण्डाैं । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम विवरण अद्यावधिक गर्दै गगनकुमार थापा नेतृत्वको पक्षलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता दिने महत्त्वपूर्ण निर्णय गरेको छ।
आज बसेको आयोगको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त जानकी तुलाधारले थापा पक्षको पक्षमा निर्णय दिएका हुन् भने आयुक्त सगुनशमशेर राणाले यसमा फरक मत राखेका थिए।
आयोगको यस निर्णयसँगै अब नेपाली कांग्रेसको आधिकारिक नाम, झण्डा र चुनाव चिन्ह (रुख) मा थापा पक्षको कानुनी हक कायम भएको छ।
प्रतिक्रिया
