इरानमा आर्थिक संकटविरुद्धको प्रदर्शन उग्र: १०० सहरमा फैलियो आन्दोलन, ४५ जनाको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 164
1 Min Read

​२५ पुस,काठमाडौं । इरानमा गहिरिँदो आर्थिक संकट र अनियन्त्रित मूल्यवृद्धिको विरोधमा सुरु भएको आन्दोलन १०औँ दिनमा प्रवेश गर्दा देशभर हिंसात्मक झडप र तनाव उत्पन्न भएको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएन र विभिन्न मानव अधिकार एजेन्सीहरूका अनुसार यो प्रदर्शन हाल देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिएको छ, जहाँ प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै विभिन्न स्थानमा आगजनी समेत गरेका छन्।

इरानी सर्वोच्च नेता आयतोल्लाह अली खमेनीविरुद्ध केन्द्रित यस आन्दोलनका क्रममा अहिलेसम्म ८ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ भने एक प्रहरी अधिकारीको छुरा प्रहार गरी हत्या गरिएको छ।

प्रदर्शनलाई नियन्त्रणमा लिन सरकारले देशभर इन्टरनेट र फोन सेवामा प्रतिबन्ध लगाउनुका साथै तेहरान विमानस्थल समेत बन्द गरेको छ। हालसम्म २ हजार २७० भन्दा बढी प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको रिपोर्ट सार्वजनिक भए पनि प्रदर्शन थप सशक्त बन्दै गएको छ।

प्रतिक्रिया
शेयर