२५ असार,काठमाण्डाैं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग (पासपोर्ट डिपार्टमेन्ट) अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
विभागको ३ नम्बर गेट अगाडि ती व्यक्तिले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाई आफूलाई जलाउने प्रयास गरेको प्रहरीले जनाएको छ।
घटना लगतै सर्वसाधारण र सुरक्षाकर्मीको सक्रियतामा आगो निभाइएको थियो। आगोबाट घाइते भएका ती व्यक्तिलाई प्रहरीले तत्कालै उद्धार गरी काठमाडौँ महानगरपालिकाको सवारी साधनमा राखेर उपचारका लागि वीर अस्पताल पुर्याएको छ।
आत्मदाह प्रयास गर्नुको कारण र ती व्यक्तिको पहिचान खुल्न बाँकी रहेको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको छ।
प्रतिक्रिया


