बर्दिवासमा एमालेको प्रशिक्षण: ‘जनताको मन छुनेगरी बजेट बनाउन’ नेता गौतमको निर्देशन

छानबिन न्यूज
पाठक संख्या 283
1 Min Read
Oplus_16908288

३० जेठ,बारा । नेकपा (एमाले) मधेश प्रदेश कमिटीको आयोजनामा बर्दिवासमा पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरूका लागि एक दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आगामी स्थानीय तहको बजेट निर्माण र यसको प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित सो कार्यक्रममा एमाले केन्द्रीय स्थानीय विकास विभाग प्रमुख राजेन्द्र गौतम, विज्ञ गणेश तिमल्सिना र नवराज गेलालले प्रशिक्षण दिएका थिए  ।

प्रशिक्षणका क्रममा विभाग प्रमुख गौतमले जनताको मन छुने बजेट बनाउन निर्देशन दिए, भने मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले स्थानीय पार्टीसँगको समन्वय र सहकार्यमा बजेट तयार पार्न जोड दिएका छन ।

प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता, सचिव मनोज पौडेलको सहजीकरण र उपाध्यक्ष बिचारी यादवको स्वागत मन्तव्यसँगै अघि बढेको सो कार्यक्रममा हालसम्मका कार्यहरूको समीक्षा समेत गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू अच्युत मैनाली, प्रभु हजरा, मो कैस तथा प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापालगायत मधेश प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरूको बाक्लो उपस्थिति रहेको जानकारी प्रदेश सचिव पौडेलले दिएका छन ।

प्रतिक्रिया
शेयर