५ जेठ,काठमाण्डाैं । ग्लोबल आईएमई बैंक लिमिटेडका ब्राञ्च म्यानेजर पिताम्बर खड्काले सामाजिक सञ्जाल फेसबुकमा ‘यु बास्टर्ड किल्ड मी’ भन्दै दिपचन्द्र रेग्मी, अनामिना कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको तस्बिर पोष्ट गरेको केहीबेरमै झापाको दमकस्थित आफ्नै निवासमा मृत भेटिएपछि उनको परिवारले आजै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेको छ।
मृतक खड्काको शवलाई हाल पोष्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ भने जाहेरी दर्ता भएलगत्तै घटनाको कानुनी अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रतिक्रिया
