पूर्वविशिष्टको दोहोरो सुविधामा सरकारको अंकुश: सवारी साधनको विवरण बुझाउन गृहलाई बालेन शाहको निर्देशन

छानबिन न्यूज
पाठक संख्या 34
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२३ बैसाख,,काठमाण्डाै । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गरी सुशासन कायम गर्न सरकारले सक्रियता देखाएको छ, जसअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयको अध्ययनले केही पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले कानुनले तोकेभन्दा बढी वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि गृहसँग यस्तो स्पष्ट विवरण माग गरिएको हो।

प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, राज्यकोषको दुरुपयोग रोक्न र प्रणालीलाई पारदर्शी बनाउन यो कदम चालिएको हो भने गृहबाट प्राप्त विवरणका आधारमा मापदण्डविपरीत प्रयोग भइरहेका सवारी साधन फिर्ता गरी प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ।

प्रतिक्रिया
शेयर