मधेश प्रदेशमा जनमत पार्टीको संसदीय दलको नेता परिवर्तन, महेशप्रसादको ठाउँमा चन्दनकुमार सिंह चयन

छानबिन न्यूज
पाठक संख्या 74
1 Min Read
Oplus_16908288

२२ बैसाख,जनकपुरधाम ।  जनमत पार्टीभित्र चर्किएको आन्तरिक विवाद र सरकारबाट बाहिरिने निर्णयका बीच अध्यक्ष सीके राउतले मधेश प्रदेशको संसदीय दलको नेता परिवर्तन गर्दै महेशप्रसाद यादवलाई हटाएर चन्दनकुमार सिंहलाई नयाँ जिम्मेवारी तोकेका छन् ।

पार्टीभित्र सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने विषयमा मतभेद बढ्दै जाँदा प्रदेश प्रमुखको कार्यालयमा विरोधाभासपूर्ण पत्रहरू पुगेका थिए, जसलाई चिर्न अध्यक्ष राउतले बहुमतको निर्णय भन्दै नेतृत्व परिवर्तनको पत्र थमाएका हुन् ।

यस कदमसँगै जनमत पार्टी मधेश सरकारबाट बाहिरिने प्रक्रिया थप सुनिश्चित भएको छ भने संसदीय दलमा चन्दनकुमार सिंहको नयाँ नेतृत्व स्थापित भएको छ ।

प्रतिक्रिया
शेयर