ओमानसँग बदला लिनैपर्ने दबाबमा नेपाल: के आज कीर्तिपुरमा ‘बदला’ पूरा होला?

छानबिन न्यूज
पाठक संख्या 36
1 Min Read
Oplus_16908288

२२ बैसाख,काठमाण्डाैं । घरेलु मैदान र दर्शकको न्यानो साथबीच आज त्रिवि क्रिकेट मैदानमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम भिडन्तमा ओमानको सामना गर्दैछ, जहाँ नेपालको मुख्य उद्देश्य अघिल्लो हारको बदला लिनु र सन्तोषजनक अन्त्य गर्नु हुनेछ।

क्यानले टिकटको मूल्य ४०० बाट घटाएर २०० रुपैयाँ कायम गरी दर्शकलाई मैदानसम्म तान्ने बलियो प्रयास गरिरहँदा, मैदानभित्र भने नेपाली टोलीलाई अघिल्लो खेलमा भोगेको १०२ रनको बिझाउँदो हारको बदला लिने ठूलो चुनौती छ।

सबैको नजर आजको ओपनिङ जोडीमा अडिएको छ— के नेपालले युवा डेब्युट्यान्ट अर्जुन कुमाल र अनुभवी विनोद भण्डारीलाई नै निरन्तरता देला कि पुनः कुशल भुर्तेल र आसिफ शेखको भरपर्दो जोडीलाई मैदानमा उतार्ला?

तालिकाको तेस्रो स्थानमा रहेको बलियो ओमान र सातौँ स्थानमा संघर्षरत नेपालबीचको यो खेल केवल एक प्रतिस्पर्धा मात्र नभई, मे १२ देखि सुरु हुने स्कटल्याण्ड र अमेरिकासम्बिलित आगामी सिरिज अघि नेपाली टोलीको मनोबल र रणनीति जाँच्ने कडा परीक्षा समेत हुनेछ।

प्रतिक्रिया
शेयर