ओलीको रिहाइ माग गर्दै एमालेको प्रदर्शन: माइतीघरमा पदाधिकारीहरूको उपस्थिति

छानबिन न्यूज
पाठक संख्या 96
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१६ चैत,बारा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आज पनि काठमाडौंको माइतीघरमा एमालेले प्रदर्शन जारी राखेको छ।

पार्टी नेतृत्वमाथि प्रतिशोध साध्न सरकारले ओलीलाई पक्राउ गरेको आरोप लगाउँदै एमाले सचिवहरू शेरधन राई, भानुभक्त ढकाल र राजन भट्टराईलगायतका शीर्ष पदाधिकारीहरू सडकमा उत्रिएका छन्।

प्रदर्शनकारीहरूले ओलीलाई तत्काल र बिनासर्त रिहा गर्न माग गर्दै नाराबाजी गरेका छन् भने पार्टीले यो गिरफ्तारीलाई राजनीतिक पूर्वाग्रहको पराकाष्ठा भएको दाबी गरेको छ।

Oplus_16908288
प्रतिक्रिया
शेयर