पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली र लेखकको पक्राउप्रति असन्तुष्टि: ‘अपरिपक्व निर्णयले अस्थिरता निम्त्याउने’

छानबिन न्यूज
पाठक संख्या 120
1 Min Read
Oplus_16908288

१४ चैत,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णयलाई ‘अपरिपक्व’ भन्दै टिप्पणी गरेकी छन्।

कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको सन्दर्भमा यस्तो कदम चाल्नु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको उल्लेख गर्दै उनले एक विज्ञप्ति मार्फत यस प्रकारको निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने स्पष्ट पारेकी छन्।

कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुनेमा जोड दिँदै भण्डारीले हतारमा गरिएको यस्तो निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्ने र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्ने चेतावनी समेत दिएकी छन्।

प्रतिक्रिया
शेयर