राष्ट्र र लोकतन्त्र बचाउन ‘जीवन-मरण’ को संघर्षमा होमिन प्रचण्डको निर्देशन

छानबिन न्यूज
पाठक संख्या 116
1 Min Read

१५ फागुन,काठमाणडाैं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई सामान्य अवस्थाको निर्वाचन नभई राष्ट्र र लोकतन्त्र बचाउने ‘जीवन–मरण’ को विशिष्ट लडाइँ भएको टिप्पणी गरे ।

शुक्रबार काठमाडौंमा नुवाकोट र काठमाडौंका पार्टी नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले यो निर्वाचन २३ गतेको जेनजी आन्दोलनमा भएको नरसंहार र २४ गतेको विध्वंशकारी अतिवादविरुद्धको जनमत संग्रह भएको दाबी गरेका छन ।

एकातिर युवामाथि दमन गर्ने अहंकारी प्रवृत्ति र अर्कोतिर देशी–विदेशी प्रतिक्रियावादीको चलखेल गरी दुई अतिवादविरुद्ध नेकपा दृढतापूर्वक उभिएको उल्लेख गर्दै उहाँले राष्ट्रको स्वाधीनता र प्राप्त अधिकारको रक्षाका लागि पार्टी निर्माण गरिएको बताए ।

पार्टी मात्र एकताबद्ध रहेको र जनस्तरमा ठूलो उत्साह देखिएकाले यस निर्वाचनलाई गम्भीरताका साथ लिएर अधिकार रक्षाको मैदानमा होमिन उहाँले कार्यकर्तालाई कडा निर्देशन समेत दिएका छन ।

प्रतिक्रिया
शेयर