बिहानीपखै भूकम्पको धक्का: घरबाहिर निस्किए संखुवासभा र ताप्लेजुङबासी

छानबिन न्यूज
पाठक संख्या 191
1 Min Read
Oplus_16908288

१५ फागुन,काठमाण्डाैं ।  आज बिहान ३ बजेर १८ मिनेटको समयमा संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा पर्ने टोप्के गोला आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहानीपख सबैजना मस्त निद्रामा रहेका बेला भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरु आत्तिँदै घर बाहिर निस्किएका थिए।

संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा धक्का महसुस गरिएको यस भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको जानकारी सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरुले दिएका छन्।

प्रतिक्रिया
शेयर