२२ माघ,जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा तेल ट्यांकरले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा ढल्केवरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) देवानन्द फनैतको मृत्यु भएको छ।
ना ७ ख ३७१८ नम्बरको ट्यांकरले प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका चित्लाङ मकवानपुर दरबन्दी भई ढल्केवरमा लेखा प्रमुखका रूपमा कार्यरत फनैतलाई उपचारका लागि लालगढस्थित मोडल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
सोही दुर्घटनामा प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक धनुषाधाम–९ का ४५ वर्षीय रामकिशोर महतो गम्भीर घाइते भएका छन्। प्रहरीले दुर्घटनामा संलग्न ट्यांकर र सुनसरीको उर्लाबारी–१ का ३६ वर्षीय चालक दुर्गा माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
प्रतिक्रिया
