पूर्वमन्त्री प्रदीप यादव एमाले प्रवेश, पर्सा-१ बाट चुनाव लड्ने तयारी

छानबिन न्यूज
पाठक संख्या 150
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

५ माघ,बारा ।  पूर्वमन्त्री एवं जसपा नेपालका नेता प्रदीप यादव गएराति नेकपा एमालेमा प्रवेश गरेका छन्।

प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा जसपा नेपाल परित्याग गरी एमाले प्रवेश गरेका यादवलाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरे।

यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह लगायतका कार्यकर्ताहरू पनि एमालेमा सामेल भएका छन्। यसअघि ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका यादव गत भदौको ‘जेनजी’ युवा आन्दोलनपछि पदमुक्त भएका थिए।

आन्दोलनपश्चात् अशोक राई नेतृत्वको जसपा छाडेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा आबद्ध भएका उनी पछिल्लो समय समन्वय समिति सदस्यका रूपमा सक्रिय थिए।

आगामी निर्वाचनमा पुनः पर्सा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा रहेका यादवलाई अध्यक्ष ओलीले टिकट दिने वचन समेत दिइसकेको स्रोतले जनाएको छ।

प्रतिक्रिया
शेयर