इटहरीमा विद्युत कार्यालयको भ्यान दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते

छानबिन न्यूज
पाठक संख्या 42
1 Min Read
Oplus_16908288

​३० असार,बारा ।  कोशी लोकमार्ग अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक गएराति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको विद्युत कार्यालय धरानको बा १ ञ १६५१ नम्बरको भ्यान आफैं अनियन्त्रित भई दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी भ्यान चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको छ ।

 भ्यानमै सवार धरान–२० का ३२ वर्षीय पवन राई घाइते भएका छन् । दुर्घटनालगत्तै उद्धार गरिएका दुवै मृतकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।

घाइते पवन राईको भने हाल सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
शेयर