२७ असार,काठमाण्डाैं । काठमाडौंको बुद्धनगरमा एक ४५ वर्षीय पुरुषले आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन्।
आश्विन राउत नाम गरेका ती व्यक्तिले शनिबार बिहान अन्दाजी सवा ६ बजे घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेको जानकारी काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले दिएका छन्।
घटना लगतै प्रहरीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको र चिकित्सकका अनुसार उनको शरीर ५० प्रतिशत जलेको बताइएको छ।
श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका राउतले यस्तो कदम चाल्नुको यकिन कारण खुल्न नसके पनि घटनाको अघिल्लो दिन शुक्रबार उनको छोरासँग सामान्य भनाभन भएको छिमेकीहरूले बताएका छन्, भने घटनाको समयमा परिवारका अन्य सदस्यहरू घरमा थिएनन्।
प्रतिक्रिया


