शिक्षक र कर्मचारीको तलब रोकिएपछि मौलापुरमा चर्कियो आन्दोलन, प्रधानमन्त्रीको पुतला दहन

छानबिन न्यूज
पाठक संख्या 75
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२५ असार,बारा ।  रौतहटको मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर विकास बजेट फ्रिज गराउन खोजेको भन्दै स्थानीय बासिन्दाले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको पुतला दहन गरेका छन् ।

सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे महिनौँदेखि बेपत्ता भएपछि उनलाई फिर्ता बोलाइए पनि सरकारले नयाँ अधिकृत नपठाउँदा नगरपालिकाको प्रशासनिक र विकासे काम ठप्प भएको छ ।

 आक्रोशित स्थानीयले ‘बालेन सरकार मुर्दाबाद’ र मन्त्री प्रतिभा रावल विरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् । ६ महिनादेखि तलब नपाएका नगर शिक्षक, सरसफाइ कर्मचारी तथा बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभान्वित सुत्केरी र गर्भवतीहरू हाकिम नहुँदा सास्ती भोग्न बाध्य भई आन्दोलित बनेका छन् ।

 सर्वोच्च अदालतले निःशुल्क बिजुली र पानीको भुक्तानी नरोक्न अन्तरिम आदेश दिए पनि कार्यन्वयन हुन सकेको छैन; यता मौलापुरकी मेयर रिना साहले महत्वपूर्ण समयमा कर्मचारी रिक्त राखेर स्थानीय तहलाई गतिरोधतर्फ धकेल्न र बजेट फ्रिज गराउन संघीय सरकार नै षड्यन्त्रपूर्वक लागेको गम्भीर आरोप लगाएकि छिन ।

प्रतिक्रिया
शेयर