सुनसरी र उदयपुरको सीमा टापुबाट ठूलो परिमाणमा गाँजा बरामद

छानबिन न्यूज
पाठक संख्या 81
1 Min Read
Oplus_16908288

१२ जेठ,काठमाण्डाैं । सशस्त्र प्रहरी बलको टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदीको बीचमा रहेको टापुबाट लुकाइराखेको अवस्थामा करिब ५ क्विन्टल (४७५ किलोग्राम) गाँजा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराका इन्सपेक्टर मेघराज राउत र सुरक्षा वेश रामपुरका इन्स्पेक्टर राजविक्रम खड्काको कमाण्डमा खटिएको टोलीले १६ बोरामा प्याक गरिएको उक्त गाँजा फेला पारेको हो ।

नदीको बीच टापुमा गाँजा लुकाइएकाले सुरक्षाकर्मीहरूले र्‍याप बोटको प्रयोग गरी त्यसलाई नदीबाहिर निकालेका थिए । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार बरामद गरिएको उक्त गाँजालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइसकिएको छ ।

प्रतिक्रिया
शेयर