११ जेठ,काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मंगलबार दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञहरूलाई भेट्ने भएका छन् ।
विदेशी देशका राजदूतहरूलाई एक्लाएक्लै भेट्ने पुरानाे कूटनीतिक परम्परालाई तोड्दै यसअघि पनि सामूहिक भेट गरेर प्रशंसा बटुलेका प्रधानमन्त्री शाहले यसपटक आपसी हित र चासोका विषयहरूमा छलफल गर्न यो दोस्रो सामूहिक भेटको आयोजना गरेका हुन् ।
उक्त भ्रमण टोलीमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरूको सहभागिता रहने बताइएको छ।
प्रतिक्रिया
