भारतीय कुखुरा तस्करीमा प्रहरीकै ‘सेटिङ’: बर्डफ्लुको जोखिम र नेपाली किसानको उठिबास

छानबिन न्यूज
पाठक संख्या 103
1 Min Read
Oplus_16908288

८ जेठ,बारा ।  बारा कुखुरा व्यवसायी संघका प्रतिनिधिहरू र स्थानीय किसानहरूको संयुक्त गस्ती टोलीले सीमावर्ती क्षेत्रमा सक्रियता देखाउँदा बाराको पिपरपातीस्थित मुसहर टोल र बैरियाको छठीघाटबाट भइरहेको व्यापक भारतीय जिउँदो कुखुरा तस्करीको पर्दाफास गरेको छ ।

गस्ती टोलीले भारतबाट तस्करी गरेर ल्याइँदै गरेको अवस्थामा ३ वटा मोटरसाइकलसहित करिब २०० केजी अवैध भारतीय कुखुरा नियन्त्रणमा लिई बैरिया प्रहरी चौकीलाई जिम्मा लगाएको भए पनि यस घटनाले बारा प्रहरीकै मिलेमतो र लज्जास्पद ‘सेटिङ’लाई पुनः छताछुल्ल पारेको छ ।

स्थानीय प्रशासन र जिल्लाभरिको तस्करीको ‘लाइन’ मिलाउन एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई नै विशेष जिम्मेवारी सुम्पिएको खुलाशा भएपछि सीमा सुरक्षामा प्रहरी कतिसम्म निरीह र भ्रष्ट बनेको छ भन्ने प्रस्ट हुन्छ ।

खुल्ला सिमानाको फाइदा उठाउँदै क्वारेन्टाइन विना भित्र्याइने यस्ता अवैध भारतीय कुखुराका कारण नेपालमा ‘बर्डफ्लु’ जस्तो घातक महामारी भित्रिने उच्च जोखिम बढेको छ, जसले गर्दा एकातिर उपभोक्ताको स्वास्थ्य गम्भीर खतरामा परेको छ भने अर्कोतिर करोडौँ लगानी गरेर व्यवसाय गरिरहेका नेपाली किसान र व्यवसायीहरू चरम आर्थिक पीडा खप्न बाध्य भई सडकमा आउने स्थिति सिर्जना भएको छ ।

भन्सार राजस्व छली र सेटिङको आडमा भइरहेको यो राष्ट्रघाती धन्दालाई तत्काल रोकी दोषी प्रहरी कर्मचारी र तस्करहरूमाथि कडा कारबाही नभए नेपाली पोल्ट्री व्यवसाय नै पूर्ण रूपमा ध्वस्त हुने निश्चित छ ।फाेटाे- कुखुरा ब्यवसायी संघ

प्रतिक्रिया
शेयर